भोजपुरको आठ पालिकामा प्रतिभा पहिचान कार्यक्रम

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । कलाकारहरुको खोजी र नयाँ पुस्तालाई यस क्षेत्रमा लाग्न प्रोत्साहन गर्न भोजपुरमा सुरु गरिएको गट ट्यालेन्ट गायन तथा नृत्य प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत जिल्लाको दक्षिण आमचोक गाउँपालिकामा भएको प्रतियोगितामा दश जना कलाकार छनौट भएका छन् ।

गाउँपालिका अध्यक्ष अशोक राईको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको हो । भोजपुर फिल्मस प्रालि र डाइमण्ड क्रु सेन्टर भोजपुरको आयोजनामा अहिले पहिलो चरणमा पालिका स्तरीय प्रतियोगिताहरु संचालन भई रहेको छ । आमचोकमा भएको प्रतियोगितामा २२ सहभागी थिए ।

ग्रामीण स्तरमा समेत आयोजना हुने यस्ता प्रतियोगिताहरुले नयाँ कलाकार उत्पादनमा मद्धत गर्ने पालिका अध्यक्ष राईले बताउनुभयो । स्थानीय तहहरुले पनि यस्ता कार्यक्रममा सहयोग गर्न आवश्यक रहेको पालिका अध्यक्ष राईको भनाई रहेको छ ।

भोजपुरमा रहेका ९ वटा पालिकाहरु मध्ये आठ पालिकामा प्रतियोगिता भएको आयोजक डाइमण्ड क्रु सेन्टर भोजपुरका संचालक सुशन घिमिरेले बताउनुभयो ।

ADVERTISEMENT

यस भन्दा अगाडी भएका प्रतियोगिता अन्तर्गत साल्पासिलिछो गाउँपालिकाबाट गायन तर्फ १९ जनाको सहभागितामा सात र नृत्यमा २८ जना छनौट भएका छन भने भोजपुर नगरपालिकामा ६५ जनामा २२, टेम्केमैयुङमा २८ जनामा ११, हतुवागढीमा ३५ जनामा १६, पौवादुङमा २२ जनामा ११ र अरुण गाउँपालिकामा ३४ जनामा १८ जना प्रतिभा पहिचान अन्तर्गत छनौट भएका हुन । बाँकी पालिकाहरमा समेत चाडै छनौट कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाण पत्रसहित नगद पुरस्कार समेत पाउने छन भने नृत्य र गायन एक वर्ष निशुल्करुपमा सिक्ने अवसर पाउने छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज