सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्र जाजरकरोटमा स्वास्थ्यकर्मी र सामाग्रीसहितको हेलिकप्टर पठाएको छ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीका अनुसार स्वास्थ्यकर्मी र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा सहितको टोली नेपाली सेनाको हेलिमार्फत् जाजरकोट पुगेको छ।
साथै सुर्खेतदेखि स्थलमार्गबाट पनि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको छ। भूकम्पका कारण निम्तिन सक्ने खाद्य जोखिमलाई ध्यानमा राखेर प्रदेश सरकारले नेपालगन्ज, दाङ र सुर्खेतबाट आवश्यक खाद्य सामाग्री समेत ढुवानी गर्न थालेको मन्त्री जिसीले जानकारी दिनुभयो।
गए राति जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भरुकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म एक सय ५४ जनाले ज्यान गुमाइसकेका छन् । प्रभावित क्षेत्रमा विभिन्न निकायबाट राहात सामाग्री समेत निर्यात हुन थालेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts