‘अपराधीक घटना नियन्त्रणमा सवै जिम्मेवार बन्नु पर्छ’

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । अपराधीक घटनाहरु निरुत्साहित गर्न सवै पक्ष जिम्मेवार हुनु पर्ने प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेक बहादुर तामाङले बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालयको निरीक्षणका क्रममा गृह जिल्ला भोजपुर आउनु भएका एआइजी तामाङले बुधवार सरोकारवालासँग गरिएको अन्तरक्रियामा बोल्नु हुदै समुदाय प्रहरीले मिलेर काम गर्ने सकिएमा जिल्ला भित्र हुने घटनाहरु निरुत्साहित गर्न मद्धत पुग्ने बताउनु भएको हो ।

सो क्रममा साइवर सचेतना, शहीद परिवारले पाउने राहत, दुर्व्यसन नियन्त्रण, पूर्व प्रहरीहरुले पाउने सुविधालगायतका बिषयमा सहभागी सरोकारवालाहरुले एआइजी तामाङसँग जिज्ञासा राख्नु भएको थियो । मानव अधिकार हनन गर्नेलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको नागरिक समाजका संयोजक पर्शुराम तिवारीले बताउनुभयो । बाल तथा महिला हिंसाका घटना न्युनीकरणमा ध्यान दिन आवश्यक रहेको संयोजक तिवारीको भनाई रहेको छ ।

ADVERTISEMENT

त्यस्तै उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण मोक्तानले चेतनाको अभावमा बिभिन्न घटनाहरु हुदै आएकोले समुदाय तथा विद्यालय स्तरीय सचेतना मुलक कार्यक्रम प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । सामाजिक सञ्जाल दुरुपयोगका घटना बढदै गएकाले त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउनु पर्ने सामुदायिक सेवा केन्द्र सचिव निर्मला खडकाले बताउनुभयो ।

नागरिकको सुरक्षामा खटिने प्रहरीहरुलाई भवन अभाव भएको बताउँदै पत्रकार निरोज कोइरालाले भवन निर्माणका लागि प्रहरी प्रधान कार्यालयले बजेटको ब्यवस्था गर्नु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा पूर्व प्रहरी संगठनका पदाधिकारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, नागरिक समाज, पत्रकार,शिक्षक, प्रहरीलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज