धादिङ । धादिङको निलकण्ठ न.पा ८ मैदी भञ्ज्याङ स्थित भित्रि सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
धादिङबेशीबाट ढोलामण्डली तर्फ जादै गरेको ग ६ प ३०४२ नं को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टदा मो.सा.चालक जिल्ला धादिङ सिद्धलेक गा.पा.३ बस्ने बर्ष ३० को नारायण श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
श्रेष्ठको जिल्ला अस्पताल धादिङबेशीमा सामान्य उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ ।






