गुल्मी । गुल्मीमा खर काट्दा एक जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका-४ सेउघा बस्ने अन्दाजी ३९ वर्षीय भु.पु. नेपाल आर्मी चन्द्र बहादुर थापा खर काट्ने क्रममा लडेर घाइते हुनुभएको जिल्ला कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार आइतबार साँझ करिब ५:०० बजेको समयमा थापा इस्मा गाउँपालिका-२ पालुखास्थित आफ्नै खरबारीमा खर काटी भारी बाँध्ने क्रममा अचानक भिरबाट लड्नुभएको हो ।
भिरबाट लडेर अन्दाजी ८० मिटर तल गई टाउँको, बाँया हात र बाँया तर्फको करङमा चोट लागेकाले उहाँको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार पश्चात् थप उपचारको लागी नेपाल आर्मी अस्पताल काठमाण्डौं लगिएको पाण्डेले बताउनुभयो ।






