पाल्पा । जिल्लाको माथागढी गाउँपालिका-१ बिरौटास्थित सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु १४ प ८८७१ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा वालिङ नगरपालिका-५ स्याङ्जाका ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो ।
शनिबार अपरान्ह मोटरसाइकल अचानक सडकबाट १० मिटर तल खस्न जाँदा थापा गम्भीर घाइते भएका थिए । उनको प्रहरी चौकी आर्यभञ्ज्याङबाट खटेको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल पाल्पा पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता