धादिङ । धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २१ वटा घर भत्किएका छन् भने ७५ भन्दा बढी घर चर्किएका छन् ।
आज बिहान गएको ६ दशमलव १ रिक्टर स्केलको भूकम्प पछि पटक-पटक चार रिक्टर स्केलभन्दा माथिका भूकम्पका पराकम्पहरू जाने क्रम जारी रहेको छ ।
अहिले उक्त स्थानका मानिसहरू घर बाहिर खाली ठाउँमा बसिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
उहाँका अनुसार भुकम्पबाट चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी भैरहेको र क्षतीको विवरण आउने क्रम जारी रहेको छ ।






