
सर्लाही । नजिकिँदै गरेको चाडवाड मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालयले मातहतका यूनिटका प्रमुखहरुलाई ब्रिफिङ गरेको छ । सुरक्षा योजना लागू भएसंगै प्रहरीले मातहतका यूनिटहरुलाई सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा बोलाई त्यही अनुरुप काम गर्न निर्देशन दिएको हो ।
चाडवाडका बेला हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरी उपरीक्षक नरेशराज सुवेदी तथा प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले मातहतका यूनिट प्रमुखहरुलाई सजग रहन निर्देशन दिएको हो । सुरक्षा योजना लागू भइसकेकाले प्रहरी यूनिटहरुलाई एलट रहनका लागि ब्रिफिङ गरिएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आ–आफ्ना एरियाका सम्भावित घटना दुर्घटनाकालागि सो एरीयाका प्रहरी यूनिट सजग हुनुपर्ने छ । चाडवाडमा जुवातास, मादक पदार्थ सेवन तथा झै–झगडा र शान्ति सदभावमा खलल पु¥याउनेलाई तुरुन्त कार्वाहीका लागि प्रहरी यूनिटहरुलाई भनेका छाैँ,’ उहाँले भन्नुभयो, हाम्रो टोलीले विशेष निगरानी गर्नेछन्, सर्वसाधारण ढुक्कसंग चाडवाड मान्नका लागि हामी दत्तचित्त छौं ।’
सुरक्षा योजना अनूरुप सडक, बजार, धार्मिकस्थल लगायतको व्यवस्थापनका लागि सुरक्षा प्रवन्ध मिलाइएको छ । सुरक्षा योजनामा सडक, सहर, बजार मात्र नभई गाउँ–गाउँमा पनि यस वर्ष सुरक्षाको प्रवन्ध मिलाइए अनुसार चोरी, लुटपाट नियन्त्रण र सामाजिक सद्भाव कायमका लागि प्रहरी दत्तचित्त भएर लाग्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा अपराधिक गतिविधि बढ्न सक्ने, ग्रामिण क्षेत्रमा मादक पदार्थको सेवन गरी अपराधिक कृयाकलाप हुनसक्ने र राजमार्ग क्षेत्रमा आवञ्छित गतिविधि हुन सक्ने तर्फ सचेत हुँदै त्यस क्षेत्रका यूनिटहरुलाई थप जिम्मेवार बनाइएको प्रहरी नायव उपरीक्षक थारुले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ईलाका र चौकी गरि कुल ६३ प्रहरी यूनिटहरु छन् । जहाँबाट १ हजार ७३ प्रहरी चाडवाड भरी परिचालन हुनेछन् ।
सर पर्सा गाउँपालिका को वार्ड नो 2 संग्रामपूर नाका देखि हरिपुर्वा नगरपालिका हुदै ishwaorpur nagarpalika tira तस्कर ले दिन प्रति दिन बढ्दै गएको छ त्यहा का asi manoj yadav जी प्रति तस्कर संग महिना को 10 हजार देखि 15 हजार सम्म लि तस्कर हरु लाई लाइन दिये को छ हरिपुर्वा चौकी सहित सागरनाथ को apf shreenagar chuki समेत रहेको जानकारी गर्द छु कि भन्सार छलिएर् समान हरु समात् नु प्रसासन को काम हो नेपाल सरकार ले राजस्व छली गर्न लाई कारबाही गर्न लाई साथ जनता लाई सहज होस् को काम को लागि राख्नु भयो तर तस्कर संग सेटिंग मा तस्करी गर्दै गरेको छ यता को प्रसासन ले