हिटाकर्मी अधिकारीलाई पत्रकारिता सम्मान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । हिटाकर्मी गीता अधिकारीलाई पत्रकारिता सम्मान तथा पुरस्कार अर्पण गरिएको छ । काठमाडौंमा सम्पन्न भएको दोस्रो संस्करणको राष्ट्रिय एक्टिभ म्युजिक अवार्डमा उहाँलाई विशेष पत्रकारिता सम्मानद्वारा विभूषित गरिएको हो ।

ADVERTISEMENT

कार्यक्रमका प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अधिकारीलाई सम्मान गर्नुभएको थियो । अधिकारीलाई प्रमुख अतिथि गुरुङले दोसल्ला, माला र सम्मान पत्र अर्पण गर्दै सम्मान गर्नुभएको थियो । आयोजकले उहाँलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । अधिकारी विगत डेढ दशकदेखि पत्रकारितामा निरन्तर सक्रिय रहँदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *