एकिकृत समाजवादीको जागरण यात्रा २२ गते नवलपरासी आउने

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । नेकपा एकिकृत समाजवादीको ‘समाजवादी जागरण यात्रा २०८०’ असोज २२ गते पश्चिम नवलपरासी आउने भएको छ ।

यात्रा सम्बन्धि जानकारी गराउन एकिकृत समाजवादी पार्टिको नवलपरासी पश्चिम जिल्ला कमिटिले पत्रकार सम्मेलन गरी असोज १४ गते झापाबाट सुरु भएको यात्रा आउँदो शनिबार पश्चिम नवलपरासी आउने जनाएको हो ।

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य बृहस्पति अधिकारीले बर्दघाटमा सांस्कृतिक कार्यक्रम, सडक नाटक तथा कोण सभा गरिने बताउनुभयो । उहाँले भन्नुभयाे ‘संविधान निमार्णको क्रममा प्रस्तावनामै लेखिएका केही विषयहरु अहिले सम्म पुरा भएका छैनन्, ति विषयहरुमा जनतालाई सुसुचित गराउन जागरण यात्रा शुरु गरिएको हो ।’

ADVERTISEMENT

बेरोजगारी उन्मुलन, कृषि उत्पादनको ग्यारेन्टि, युवा पलायन, राष्ट्रिय उद्योग धन्दाको संरक्षण, संस्कृति माथिको अतिक्रमण, राष्ट्रियता र सिमा, समाजवादी कार्यक्रम र विचारको पुर्नगठन र वर्ग संघर्ष, पार्टि संगठनको पुर्नगठन, भष्ट्रचारको उन्मुलन, बढ्दो राष्ट्रिय खर्चको कटौती लगायतका विषयहरुलाई जनतामाझ लैजान अभियान सुरु गरिएको अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयाे, ‘देश संघिय संरचनामा गएपछि देशलाई आर्थिक भार चर्को परेको छ, आर्थिक भार कम गर्नको लागि संविधान संशोधन गर्न सक्नुपर्छ ।’

पत्रकार सम्मेलनमा एकिकृत समाजवादीकी पश्चिम नवलपरासी सह-इन्चार्ज लक्ष्मी भुषाल, जिल्ला अध्यक्ष यज्ञ प्रसाद खनाल, जिल्ला सचिव कुमार आले, जिल्ला कमिटि सदस्य प्रेम भुजेल, शुसिला देवकोटा, राजेन्द्र गौतमको सहभागिता रहेको थियो । असोज १४ गते देखि २८ गते सम्म समाजवादीको जागरण यात्रा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज