नयाँदिल्ली । भारतले क्यानडालाई भारतबाट करिब ४० कूटनीतिक कर्मचारी फिर्ता लिन आग्रह गरेको छ । बिगत एक हप्ता देखी संकटमा तीव्र वृद्धि भएसँगै भारतले क्यानडासँग आग्रह गरेको जनाइर्एको छ ।
‘अक्टोबर १० पछि बस्नेहरूले आफ्नो कूटनीतिक उन्मुक्ति गुमाउने छन्,’ फाइनान्सियल टाइम्सले यसबारेमा लेखेको छ ।
गत महिना क्यानडाको भूमिमा सिख पृथकतावादी नेताको हत्यामा भारतको हात रहेको हुनसक्ने क्यानडाले ताएको थियो, जसलाई भारतले अस्वीकार गरेको छ।
भारतीय विदेश मन्त्रालयका एक अधिकारीले बीबीसीलाई यसबारे कुनै टिप्पणी गर्न नचाहेको बताए ।
क्यानाडाको ओटावामा भन्दा भारत नयाँ दिल्लीमा धेरै कूटनीतिज्ञहरू छन् । र, यो संकट सुरु भएदेखि भारतले क्यानाडालाई आफ्नो कूटनीतिक नियोगहरूमा समानताको लागि आग्रह गरिररहेको छ । तर, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मंगलबार पत्रकारहरुलाई भने कि उनी भारतसँगको द्वन्द्व बढाउन चाहँदैनन्। ‘हामी भारत सरकारसँग जिम्मेवार र रचनात्मक रूपमा संलग्न रहनेछौं,’ उनले भने।
सेप्टेम्बरमा ट्रुडोले हरदीप सिंह निज्जरको जुन १८ भएको हत्यामा भारतको हात रहेको हुनसक्ने बताएपछि ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध भएका दुई देशबीचको तनाव बढेको थियो ।
ब्रिटिस कोलम्बियाको एक सिख मन्दिर बाहिर दुई मुखौटाधारी बन्दुकधारीले उनको गाडीमा गोली हानेर हत्या गरेका उनी ती पृथकताबादी क्यानेडियन नागरिक थिए, जसलाइ भारतले सन् २०२० मा आतंकवादी घोषणा गरेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts