कालीकोटमा बीस वर्षमुनिका गर्भवती महिलाहरूको संख्या बढ्दो

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

कालीकोट । कानुनले २० वर्ष उमेर नपुगी विवाह गर्न निषेध गरेको छ । तर, कर्णाली प्रदेशमा उमेर नपुगी विवाह गर्नेको संख्या करिब ४० प्रतिशतको हाराहारीमा छ । विवाह गर्ने उमेरका बारेमा सरकारले चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि नियन्त्रण हुन सकेको छैन ।
कानुनले २० वर्ष उमेर नपुगी विवाह गर्न निषेध गरे पनि कालीकोटमा भने आर्थिक वर्ष २०७९/०८० मा मात्रै २० वर्षमुनिका गर्भवती महिलाहरूको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्लामा २० वर्षमुनिका गर्भवती महिलाहरूको संख्या ३८१ रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । उमेर नपुगी विवाह गरेकै कारण अधिकांश महिलाहरूमा शारीरिक तथा मानसिक समस्या बढ्दै गएको र बालबालिकालाई पनि विभिन्न समस्या देखिने गरेको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । सोमबार स्वास्थ्य सेवा कार्यालय कालीकोटको वार्षिक समीक्षा तथा स्वास्थ्य सूचकहरूको प्रगतिसम्बन्धी सञ्चारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा कार्यालयले उक्त तथ्यांक सार्वजनिक गरेको हो । यही असोज १३ र १४ गते सदरमुकाम मान्ममा स्थानीय तह र स्वास्थ्य सेवा कार्यालयको समीक्षा तथा छलफलमा पछिल्लो समय कालीकोटको स्वास्थ्य सेवा प्रभावकारी रहेको दाबी गरिएको छ ।

समुदायस्तरमा हुने कार्यक्रम नियमित सञ्चालन भइरहेको, दुई वर्षमा निःशुल्करूपमा सामुदायिक स्वास्थ्य इकाईमार्फत् उल्लेखनीयरूपमा स्वास्थ्य सेवा लिएको, नौवटा पालिकामध्ये सातवटा पालिकामा डाक्टरसहितको सेवा सञ्चालन भएको, सुत्केरी प्रोत्साहन कार्यक्रममार्फत् यातायात भाडा नियमित उपलब्ध गराएको, अस्पतालको नियमित सरसफाइ र वृक्षारोपण हुँदै आएको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा रहेका स्थानीय तह र कालीकोट अस्पतालमार्फत् सम्पादित कार्यक्रमहरूबारे जानकारी दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको हो । स्वास्थ्य सेवा कार्यालयको भवन जीर्ण भएको र स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूका पनि भवनको अवस्था जीर्ण रहेको निमित्त प्रमुख डाक्टर संकेत विश्वकर्माले जानकारी गराउनुभयो ।

विश्वकर्माले स्वास्थ्य सेवा कार्यालय कालीकोटअन्तर्गतका संस्थाहरूमा हालसम्म बर्थिङ सेन्टर ३७ वटा, क्षयरोग डट्स सेन्टर ३३, सुरक्षित गर्भपतन सेवा केन्द्र १५, आयुसिडी सेवा प्रदायक स्वास्थ्य सेन्टर १३, इमप्लान्ट सेवा प्रदायक संस्था ३१ र अस्थायी परिवार नियोजन सेवा ११ वटा रहेको बताउनुभयो । स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा बजेटको अभाव रहेको भन्दै जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा बजेट नछुट्याउने र चासो नदिने गरेको विश्वकर्माको भनाइ थियो ।

ADVERTISEMENT

मानव स्रोत व्यवस्थापनको कमी भएका कारण पनि स्वास्थ्य क्षेत्रमा समस्या देखिएको जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटक महतले बताउनुभयो । महतले भौतिक पूर्वाधार, आवश्यक जनशक्ति तथा अन्य सामग्रीको कमी भए तापनि गुणस्तरीय सेवा दिन कर्मचारी अहोरात्र नभनी काममा लागेको जिकिर गर्नुभयो ।

स्वास्थ्य बिमाको प्रमुख चुनौती रहेको स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । अन्तरक्रियामा बिमाको समयमा रकम भुक्तानी नहुनु, सबै प्रकारका औषधि उपलब्ध नहुनु लगायतका समस्यामाथि छलफल गरिएको थियो ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त प्रमुख डाक्टर संकेत विश्वकर्माको अध्यक्षतामा सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको हो । कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय कालीकोटका फोकल पर्सन हेमराज बम, तथ्यांक अधिकृत लंकबहादुर बम, अन्य कर्मचारी तथा जिल्लास्थित छापा तथा सञ्चारमाध्यममा कार्यरत पत्रकारलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?