बाढी प्रभावित क्षेत्र कागबेनी पुगे गण्डकीका मुख्यमन्त्री पाण्डे

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे कागबेनी पुग्नुभएको छ ।

गत साउन २८ गते राती कागबेनीमा भिषण बाढी गएपछि त्यसको स्थलगत अध्ययन र अवोलकनका लागि उहाँ मुस्ताङको कागवेनी पुग्नुभएको हो।

हिमाल पारीको जिल्लामा अचानक आएको उक्त बाढीले दर्जनौं घर तथा संरचनाहरु क्षति हुन पुगेको छ, जसमध्ये २ वटा बैंक पनि बगाएको थियो ।

अहिले स्थानीयहरु पुनः निर्माणमा जुटिरहेको बेला पुग्नुभएका मुख्यमन्त्री पाण्डेसँग सहयोगका लागि अनुरोध गर्नुभएको छ ।

ADVERTISEMENT

प्रारम्भिक अनुमान अनुसार बाढीबाट करिव ३ अर्वभन्दा बढीको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज