नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई रु ५० हजार जरिवाना

रासस
रासस
Read Time = 2 mins

कञ्चनपुर । नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिट्टी, ढुङ्गा, माटो, बालुवा अवैध उत्खनन गर्ने र बिक्री वितरण गर्नेलाई रु ५० हजार जरिवाना गर्ने भएको हो ।

नगरपालिका क्षेत्रभित्रका खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्ने सबै प्रकारका ढुवानीका साधनलाई नगगरपालिकाले जरिवाना गर्ने जनाएको छ । “नगरपालिका क्षेत्र भएर बग्ने वनहरा, बन्द, मछेली र मोहन नदीबाट नदीजन्य पदार्थ सङ्कलन तथा उत्खनन गर्ने कार्यका लागि तीनपटक सार्वजनिक सूचना जारी गरिएकामा तोकिएको म्यादभित्र बोलपत्र पेस भएका छैनन”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले भन्नुभयो, “त्यही भएर नदीजन्य पदार्थ उत्खनन र बिक्री वितरणमा रोक लगाइएको छ ।”

ADVERTISEMENT

उहाँका अनुसार ठेक्का बन्दोबस्तको काम गर्न केही समय अझै लाग्ने भएकाले कार्यपालिकाको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरणमा रोक लगाइएको छ । नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन, सङ्कलन र बिक्री वितरणमा रोक लगाए पनि निर्वाधरूपमा ओसारपसारको काम भने भइरहेको छ ।

मछेली, वनहरालगायतका नदीबाट लुकीचोरी नदीजन्य पदार्थको ओसारपसारको कार्य भइरहेको स्थानीय बासिन्दाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज