भोजपुर । एम्बुलेन्स र बोलेरो गाडी मध्य पहाडी राजमार्ग अन्तर्गत भोजपुरको जरायोटारमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
जिल्लाको पुर्वी अरूण गाउँपालिका वडा नम्बर ६, जरायोटारको माझीटारमा पौवादुङमा गाउँपालिकाले संचालन गरेको को १ झ ६६३ नम्बरको एम्बुलेन्स र को १ ज ३१६२ नम्बरको बोलेर गाडी पौने पाँच बजेतिर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
दुर्घटनामा परी एम्बुलेन्समा सवार पौवादुम्मा गाउँपालिका वडा नम्वर ३ बस्ने बर्ष २५ का पदम खत्रीको टाउको र अनुहारमा चोट लागि उपचारको लागि धरान पठाइएको छ । एम्वुलेन्समा तीन जना सवार थिए । यस्तै बोलेरोमा छ जना सवार रहेकोमा षडानन्द नगरपालिका १० का ५२ बर्षिय हेमराज तामाङको आँखामाथि चोट लागेको र सोही नगरपालिका १३ का घाइते ४१ बर्षिय दान बहादुर तामाङलाई उपचारका लागि स्थानिय मेडिकल लेगुवा पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दल कुमार राईले जानकारी दिनुभयो ।
एम्बुलेन्स चालक पौवादुङमा गाउँपालिका ५ का दिनेश खड्का र बोलेरो चालक धनकुटा सहिद भुमि गाउँपालिका ६ का राजेश राईलाई प्रहरी चौकी जरायोटारले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राईले बताउनुभयो । सवारी साधन घटनास्थलमा नै रहेका र सडक अवरोध नभएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी पाउन साथ जरायोटार प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक संजय कुमार माझीको कमाण्डमा ४ जनाको टोली खटिएको थियो ।






