अमेरिका-भारत सैन्य अभ्यास अलास्कामा

Read Time = 1 min

अलास्का । अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा सुरु भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो । दुवै देशका सेनाले शुक्रबार अलास्कामा अभ्यास गरेका भारतीय सेनाका अधिकारीले बताएका छन् ।

अभ्यासमा सहभागी हुन भारतीय सेनाको टुकडी हालै अलास्का पुगेको हो । सैन्य अधिकारीले यसबाट उत्कृष्ट अभ्यास र अनुभवको आदानप्रदान, एकअर्काबाट सिक्न सहज हुने, अन्तरसञ्चालन क्षमता अभिवृद्धि र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ बनाउने बताएका छन् ।

ADVERTISEMENT

संयुक्त युद्ध अभ्यास यही असोज २१ गतेसम्म सञ्चालन हुनेछ । अभ्यासको अलास्का संस्करणमा भारतीय सेनाका तीन सय ५० जवान सम्मिलित छन् । रासस/एएनआई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज