अमेरिकी सट डाउनः ४० लाख कर्मचारीको तलब भत्ता रोकिदैँ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

वासिंगटन डिसी । अमेरिका सट डाउनले संकट बढाएको छ । संघीय सरकारका लागि एक महिनाको खर्च रकम (स्टपग्याप) जारी गर्न ल्याइएको विधेयक अमेरिकी संसदको तल्लो सदनबाट शुक्रबार अस्वीकृत भएपछि अमेरिकामा थप संकट बढेको हो ।

यो विधेयकमार्फत आइतबारदेखि आंशिक बन्दबाट बच्न सकिन्छ भन्ने सुनिश्चित गर्न लागिएको थियो । तर अमेरिकी संसदको रिपब्लिकन बहुल प्रतिनिधि सभाले राष्ट्रपति जो बाइडेनको प्रशासनको खर्च धान्न आंशिक रूपमा केही रकम उपलब्ध गराउने प्रस्तावलाई १९८ विरुद्व २३२ मतले अस्वीकृत गर्‍यो। विशेष कुरा के छ भने यो विधेयक रिपब्लिकन सांसदहरुले ल्याएका हुन् ।

यस प्रस्तावमा बाइडेन प्रशासनको खर्चमा ३० प्रतिशतले कटौती गर्ने र ३० दिनको मात्र खर्च धान्न कोष जारी गर्ने गरी संसदहरुलाई सहमतिका लागि थप समय दिने प्रस्ताव गरिएको थियो । संघीय सरकारको काम ठप्प हुँदा तल्लो सदनका सदस्यहरुले के कस्ता कदम चाल्ने हो भन्ने अझै स्पष्ट भएको छैन् ।

ADVERTISEMENT

डेमोक्र्याटको बहुमत रहेको सिनेटले यस सम्बन्धमा छुट्टै विधेयक ल्याउने तयारी गरिरहेको छ । यद्यपि तल्लो सदनका सभामुख केभिन म्याकार्थीले भने कि सदनले विधेयकलाई अनुमोदन नगर्ने बताए। रिपब्लिकन समर्थित बिल अस्वीकृत भएपछि मिडियासँग कुरा गर्दै म्याकार्थीले भने, ‘यो अझै अन्त्य भएको छैन, तिनीहरूसँग अन्य समाधानहरू पनि छन्।’ यद्यपि उनले नयाँ उपायहरूको बारेमा जानकारी साझा गरेनन्। म्याकार्थी पनि रिपब्लिकन पार्टीका हुन्।

यदि अमेरिकी सांसदहरू यस सम्बन्धमा छिट्टै सहमतिमा पुग्न सकेनन् र खर्चको लागि रकम भेटिएन भने राष्ट्रिय निकुञ्ज सेवा बन्द हुनेछ। धितोपत्र तथा विनिमय आयोगले आफ्ना अधिकांश नियामक गतिविधिहरू बन्द गर्नु पर्ने हुन्छ भने ४० लाख संघीय कर्मचारीहरूको तलब संकटको सामना गर्नु पर्नेछ।

समाचार अनुसार अमेरिकामा अक्टोबर १ देखि शटडाउन लागू भएसँगै अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् । अमेरिकी संसदमा खर्चका लागि सरकारलाई रकम उपलब्ध गराउने विधेयक पारित नभएसम्म वा सरकारले थप ऋण लिन स्वीकृति नपाएसम्म यो बन्द जारी रहन सक्छ। यदि यसो भयो भने, यसले अमेरिकी अर्थतन्त्रका साथै विश्वभरका अर्थतन्त्रहरूमा प्रभाव पार्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?