सिन्धुली । दुधौली नगरपालिका-८ बताहास्थित तावाखोला किनारमा शुक्रबार एक पुरुषको शव फेला परेको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका-३ राजाबास बस्ने मनोज बस्नेतको शव फेला परेको हो ।
२१ वर्षीय बस्नेतको शव बताहास्थित तावाखोला किनारमा घोप्टो परी डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
उहाँकाअनुसार प्रहरी चौकी दुधौली र ईलाका प्रहरी कार्यालय डकाहाको प्रहरी टोलीले मृतकको शव पोष्टमार्टमको लागि कटारी पठाएको छ । मृत्यु हुनुको कारण अहिले खुलेको छैन ।
शुक्रबार विहान दुधौली नगरपालिका-११ तल्लो धनसरीस्थित कमला नदि किनारमा एक पुरुषको वेवारिसे शब फेला परेको थियो । उक्त शवको अहिलेसम्म पहिचान नखुलेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दाहालले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता