विद्यालयमा जङ्क फुड नियन्त्रण गर्दै बर्दघाट नगरपालिका

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयहरुमा जङ्क फुड (पत्रु खाना) नियन्त्रण गर्न टोली नै बनाई अनुगमन गरेको छ । बुधबार अनुगमन टोली नगरका केही विद्यालयहरुमा पुगेर जङ्क फुड (पत्रु खाना) नियन्त्रण समेत गरेको हो ।

बर्दघाट नगरपालिकाका नगर उप-प्रमुख रुद्र प्रकाश उपाध्यायको नेतृत्वमा उपभोक्ता हक हित संरक्षण मञ्चले बर्दघाट २ मा रहेको दिव्यज्योति माद्यामिक विद्यालयको चमेना गृह र बर्दघाट ९ मा रहेको राजा महात्मा पुर्णभद्र मावीको चमेना गृहमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा राजा महात्मा पुर्णभद्र मावीमा चाउचाउ, दालमोठ, ढुम्रा, चकलेट, बिस्कुटलगायतका जङ्क फुड नगरले जफत गरेको छ । खाना पकाईरहेको तेल मापन गर्दा खान योग्य नभएको कारणले गर्दा ३ लिटर तेल नष्ट गरिएको उपभोक्ता हक हित संरक्षण मञ्चका बर्दघाट नगर अध्यक्ष हुमनाथ आचार्यले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ ‘बालमैत्री अभियानका लागेको नगर भित्रका विद्यालयहरुमा जङ्क फुड र अखाद्य बस्तु भेटिनु दुःखद हो ।’

ADVERTISEMENT

अनुगमन समिति संयोजक उपाध्यायले नगरले विद्यालयमा जङ्क फुड नियन्त्रणका लागि निरन्तर अनुगमन गर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘हामीले पहिलो चरणमा सबैलाई सचेत बनाउने र दास्रो चरणमा जफत गर्ने र तेस्रो चरणमा विद्यालय र चमेना गृह सञ्चालकलाई कारवाही गछौँ ।’

बुधबार नै अनुगमन गरिएको दिव्यज्योतिमा रहेको चमेना गृहमा पनि चाउमिन र अजिनामोटो प्रयोग गरिएको पाइएपछि सचेत बनाइको उपाध्यायले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज