निःशुल्क आँखा जाँच शिविर सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी कमलपोखरी उपशाखा र कीर्तिपुर उपशाखाको संयुक्त आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको सहकार्यमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको सभाहलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । शिविरमा त्रिविका प्राध्यापक, शिक्षक, कर्मचारीहरू, विद्यार्थीहरू र अन्य नागरिकहरू गरी करिब पाँच सयजनाको आँखा जाँच गरिएको थियो ।

आँखा जाँच गरिएका बिरामीहरूलाई औषधि तथा चस्मासमेत वितरण गरिएको थियो । शिविरमा सहभागी भएकाहरूमध्ये ७० प्रतिशतको आँखा सुक्खा रहेको, १० प्रतिशतको आँखामा मासु पलाएको, १० प्रतिशतमा नजिकको नदेख्ने समस्या रहेको पाइयो भने बाँकी १० प्रतिशतमा आँखा चिलाउने तथा दुख्ने समस्या देखापरेको शिविरका प्रमुख नेत्र विशेषज्ञ प्राडा प्रदीप बास्तोलाले जानकारी दिनुभएको छ । लभ युअर्स आइज एट वक्र्स भन्ने मान्यताका साथ विभिन्न संस्थाहरूको आयोजनामा आँखा शिविरहरू सञ्चालन हुँदै आएका छन् ।

ADVERTISEMENT

उक्त अवसरमा सहभागीहरूलाई मुख धुने तथा आँखा पखाल्ने पानी धेरै तातो प्रयोग गर्न नहुने, आँखा संवेदनशील हुने भएकाले यसले आँखालाई असर पु¥याउने भएकाले पानी चिसो र सफा हुनु आवश्यक हुने यदि आँखामा कुनै पनि समस्या देखापरेमा बजारमा उपलब्ध कुनै पनि किसिमको औषधि प्रयोग नगरी तुरुन्त सम्बधित डाक्टरलाई देखाउनसमेत परामर्श दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?