पेशा छोडेको दिन शिक्षकलाई राजनीतिमा आउने ढोका खोल्नुपर्छ : महामन्त्री थापा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पेशा छाडेको दिन मात्र शिक्षकहरुले राजनीतिमा आउनलाई ढोका खोल्नुपर्ने बताउनु भएको छ ।

पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा थापाले यस्तो बताउनु भएको हो ।

ADVERTISEMENT

शिक्षक संघमा भएका केहीले झोले भनेर आरोप खेप्नु परेको बताउँदै उहाँले भन्नुभयो, ‘शिक्षक भएर पार्टी राजनीति गर्न सम्भव छैन । पार्टी राजनीतिमा आउँछु भन्दै गर्दा शिक्षक साथीहरूले शिक्षक पेशा छोडे भनेर छोडेको दिन राजनीतिमा आउने ढोका खोल्नुपर्छ । आएर सांसद बन्देऊ, स्थानीय तह चलाइदेऊ भन्नुपर्छ । शिक्षकलाई दलको कार्यकर्ता बनाएर शिक्षकका आधारमा समाजमा पार्टीको गतिविधि गर्छु भन्ने होइन कि शिक्षकले आर्जन गरेको कुरा पार्टीमा जोड्न सकिन्छ ।’

शिक्षकलाई दलको कार्यकर्ता बनाएर शिक्षकका आधारमा समाजमा पार्टीको गतिविधि गर्न नलगाइ शिक्षकले आर्जन गरेको कुरा पार्टीमा जोड्ने गरी राजनीतिमा ल्याउनुपर्ने उहाँको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज