डेंगुबाट ३५ वर्षीय पुुरुषको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पामा डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार सोमबार माथागढी गाउँपालिका– १ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

ती व्यक्तिको तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख गिरीले बताउनुभयो । सारुलाई असोज ५ गते मिसन अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई डेंगुका साथै स्क्रबटाइफससमेत पोजिटिभ देखिएको प्रमुख गिरीले जानकारी दिनुभयो । केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण उनी स्वास्थ्य उपचारका लागि अस्पताल पुगेका थिए ।

ADVERTISEMENT

जिल्लामा डेंगु संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला साथै स्याङ्जा गल्याङकी एक बालिकाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।

पाल्पामा हाल डेंगुबाट २ सय ८५ जना संक्रमित भइसकेका छन् । जिल्लामा केही समय यता स्क्रबटाइफसका बिरामीसमेत बढेका छन् । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म १ सय ८२ जनामा स्क्रबटाइफस पोजिटिभ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज