कोशीमा मन्त्रिपरिषद विस्तार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशीमा मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

सोमबार उहाँले दुई मन्त्री र दुई राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।

नयाँ मन्त्री हुनेहरुमा बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बन्नुभएको छ भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री हुनु भएको छ । यस्तै, निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बन्दा रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री हुनु भएको छ । उहाँहरु चारै जना एमालेबाट मन्त्री बन्नुभएको हो ।

ADVERTISEMENT

यसअघि एमालेबाटै तीलकुमार मेन्याङ्बो, पाँचकर्ण (पिके) राई, एकराज कार्की, सिर्जना राई मन्त्री बनिसक्नुभएको छ ।

संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबै भन्दा ठूलो दलको हैसियतले दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको कार्कीले आगामी असोज २० सम्म विश्वासको मत लिइसक्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज