आठौं संस्करणको ‘मोडल हन्ट’ हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । आठौं संस्करणको ‘मोडल हन्ट’ हुने भएको छ । आयोजकले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘मोडल हन्ट नेपाल २०२३’को खोजी सुरु भएको जनाएको हो । नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपालले नयाँ संस्करणका लागि आवेदन खुला भएको जनाएको हो ।

युवाको हकमा पाँच फिट ६ इन्च र युवतीको हकमा कम्तीमा पाँच फिट दुई इन्च उचाइ हुनुपर्ने प्रावधान रहेको प्रतियोगिताको आवेदन फर्म खल्ती एपबाट पनि भर्न सकिने बताइएको छ । फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्यांगवेज, फोटोसुट, एक्सप्रेसनलगायत ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।

प्रतियोगितामा विजेता पुरुष प्रतियोगीले अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने र महिला विजेताले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुको अलवा विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी गराउनुभएको छ ।

ADVERTISEMENT

पछिल्लो समय सौन्दर्य प्रतियोगीतामा महिला असुरक्षित भएको आवाज उठ्दै आएको छ । यस सम्बन्धमा पाण्डे आफूहरूले महिलाहरूको हकहित संरक्षण, उनीहरूको सुरक्षाको प्रत्याभुति गराउनको साथै यस्ता प्रतियोगिताले दविएको आवाज बुलन्द गर्न हौसला प्रदान गर्ने जिकिर गर्नुहुन्छ ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत आठ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *