सितारा बचत तथा ऋण सहकारीका साधारणसभा सदस्यलाई १७ प्रतिशत लाभांश

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । सितारा बचत तथा ऋण सहकारी संस्थाको १६औं साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । सहकारीको साधारण सभाको उद्घाटन संस्थाका संस्थापन अध्यक्ष राम बहादुर खड्काले गर्नु भयो।

सहकारीका अध्यक्ष  मातृका ज्ञवालीको अध्यक्षतमा भएको सभामा वोल्दै प्रमुख अतिथि खडकाले सहकारीहरु सहकारीको ऐन नियम र कानुन अनुसार सञ्चालन भएकाहरुमा कुनै समस्या नभएको बताउनु भयो।

उहाँले व्यक्तिगत रुपमा सञ्चालन भएका सहकारीहरुमा समस्या आएको ले सबै सचेत बन्नु पर्ने बताउनु भयो। आफुहरुले सहकारी स्थापना गर्दा सदस्यहरुको आर्थिक सामाजिक र साँस्कृतिक उन्नयनको परिकल्पना गरेको बताउनु भयो ।

गलत मनसायहरुले संञ्चालन गरेका सहकारीले यस क्षेत्रकै बदनाम हुन पुगेको बताउनु भयो।यस क्षेत्रको राम्रो बिश्वासीलो उत्कृष्ट सहकारी भएकाले ढुक्कसँग सदस्यहरुलाई कारोबार गर्न खडकाले आग्रह गर्नु भयो।

सहकारीका अध्यक्ष मात्रृका ज्ञावलीले सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रतिवेदन प्रस्तुत गर्दै गत बर्ष भन्दा सेयर संख्या थप भएका आर्थिक कारोबारमा मितब्यति अपनाई यस बर्ष १७ प्रतिशत लाभान्स दिने भएको बताउनु भयो। २०७४ सालमा २५ जना बना सुरु भएको सहकारी अहिले७सय २२ पुगेको र यस बर्ष पनि थपिदै जाने बताउनु भयो। उहाले सबै सेयर सदस्यहरुको बिमा गरिएको र सहकारीलाई मर्जेर गर्ने प्रकृयालाई यथाबत राखिएको बताउनु भयो।

ADVERTISEMENT

लेखासंयोजक कृण्ण प्रसाद आर्चायले लेखा सुपरिवेक्षण प्रतिवेदन पेस र कोषाध्यक्ष पिताम्बर खनालले आय व्ययको प्रतिवेदन र आगामी बर्षको लागी बजेट पेस गर्नु भएको थियो।

साधारण सभामा बिशिष्ठ अतिथी डा प्राशु नेपालले सितारामा शुसाशन रहेको बताउदै अहिलेको बिकारल अबस्थामा पनि १७ प्रतिशत नाफ दिने भनेको उत्कृष्ण ब्यबस्थापन रहेको बताउनु भयो। उहाँले नेपालमा ३० हजार शहकारीले बिभिन्न माध्यमबाट ८८ हजारलाई रोजगारी दिएको बताउनु भयो । उहाले सरकारले सहकारीलाई हेर्ने दिष्टीकोण अहिलेपनि सकारात्मक नभएको बताउनु भयो।

सहकारीका सल्लाहकार यादब भन्डारी, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झबिन्द्र भन्डारी, बिष्णु भुसाल गणेश पन्थीलगायतले सस्थाको थप प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक खगनाथ भन्डारी, असल ऋणी सपना कक्षपति, कक्षा १२ र उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी स्वस्तीका ज्ञाबली लेखा कर्मचारी प्रतिमा भन्डारी लाई सम्मान गरिएको थियो। मात्रृका ज्ञाबलीको अध्यक्षता उपाध्यक्ष रमेश पराजुलीको संञ्चालनमा साधारण सभा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज