राष्ट्रिय सभाका अध्यक्षद्वारा सुस्ता निर्माणाधिन पुल निरीक्षण

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले आज सुस्तामा निर्माणाधिन झोलुङ्गे पुलको निरीक्षण गर्नु भएको छ ।

पुल नहुँदा नारायणी नदि पारिका सुस्ताबासीलाई आफ्नै भूमी आउजाउ गर्न गठिन रहेको छ। करिब अन्तिम चरणमा पुगेको पुल निर्माण कार्य चाँडै सम्पन्न गर्न अध्यक्ष तिमल्सिनाले आग्रह गर्नु भएको थियो ।

ूआफ्नै भूमी आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नु पर्दा आफ्नो देश भनेर गर्व गर्न समेत सुस्ताबासीले नपाउनु ठूलो बिडम्बना रहेको थियोूअध्यक्ष तिमल्सिनाले भन्नूभयो ू यो पुल सुस्ताबासीको सपना होू।

ADVERTISEMENT

२०७५ सालमा आफू सुस्ता आउदा पुल निर्माणको कुनै भौतिक प्रगती नभएको देखिएको बताउादै अध्यक्ष तिमल्सिनाले अब भने पुल चाँडै निर्माण सम्पन्न हुने बिश्वास व्यक्त गर्नु भयो ।तत्कालिन समयमा पुलको योजना पार्न अध्यक्ष तिमल्सिनाको ठूलो भुमिका रहेको सुस्ता गाउँपालिकाका पुर्व अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु भयो ।

निरीक्षणमा जिल्ला समन्वय समितिका अध्यक्ष भगौती यादव (रुदल)सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय, सुस्ता गाउँपालिकाका पुर्व अध्यक्ष रामप्रसाद पाण्डे, स्थानीय जनप्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

१ हजार ५ सय ७१ मिटर लम्बाइ र १ दशमलव ६ मिटर फराकिलो पुलको २९ करोड ४० लाखमा ठेक्का सम्झौता भएको थियो । पुल नहुँदा सुस्ता पारीका नागरिकलाई औषधोपचारका लागि समेत सहज छैन । कहिले पुल निर्माण सम्पन्न होला र आफ्नै भूमी भएर हिड्न पाउला भनेर सुस्तापारीका नागरिकहरु व्यग्र पर्खाईमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज