परम्परागत ज्ञान र सीपको संरक्षण गर्दै खाद्य बैंक

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । रैथाने बिउ बिजन र परम्परागत ज्ञान र सीप नासिदै लोपोन्मुख अवस्थामा पुगेको अवस्थामा राष्ट्रिय खाद्य बैंक लिमिटेडले त्यसको संरक्षण गर्ने भएको छ । हाल २२ जिल्लामा आफनो कार्यालय संचालन गरेर कार्य गर्दे आएको बैंकले पहाडी जिल्ला भोजपुरमा पनि कार्यालय स्थापना गरेको छ ।

सुधारिएको बिउ बिजनका नाममा गरिएको खेतीले किसानहरु मारमा पर्दै आई रहेको अवस्थामा रेथाने बिउ बिजनको संरक्षण गर्दै परम्परागत ज्ञान र सीपको संरक्षणका लागि भोजपुरमा पनि बैंक स्थापना भएको बैंकका केन्द्रिय अध्यक्ष शंकरनाथ उप्रेतीले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई अर्वको लगानीमा नेपालको पहिलो खाद्य सम्वन्धी काम गर्ने बैंकका रुपमा खाद्य बैक स्थापना भएको छ, देशलाई कृषि उपजमा आन्तनिर्भर बनाउने कार्यमा पनि यसले सहयोग गर्छ ।”

हाल नेपालको कृषि क्षेत्रमा बिकरालरुपमा देखिएका समस्या भनेको रैथाने बिउ बिजनहरु लोप हुदै जानु रहेकाले त्यसको संरक्षणमा बैंकले भुमिका खेल्ने अध्यक्ष उप्रेतीको भनाई छ । कोशी प्रदेशका खोटाङ, भोजपुर, धनकुटा, पाँचथरलगायतका जिल्लाहरुमा खाद्य बैंक संचालनमा आउने छन ।

ADVERTISEMENT

पोसिलो आहारको सट्टा अहिले बिस्कुट, चाउचाउको प्रयोग बढेको बताउँदै अध्यक्ष उप्रेतीले कोदो, फापर, गहुँ, मकै जस्ता फाइबर युक्त खाद्यन्नहरु उत्पादन गरी प्रयोगमा ल्याउन जरुरी रहेको बताउनुभयो । भोजपुरमा रहेका ९ वटै पालिका र ८१ वटै वडाहरुमा संभावित उत्पादनका बिषयमा छलफल गरी खाद्य बैंकले काम गर्ने छ ।

पोसिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने मुख्य नाराका साथ खाद्य बैंक स्थापना भएको हो । कृषि क्षेत्रका लागि आवश्यक ज्ञान, सीप, बिउ बिजन, प्रांगारिक मल, दक्ष जनशक्ति, बिशेषज्ञ र बिज्ञहरु समेत बैंकले उपलब्ध गराउने भएकाले यो किसानका लागि प्रभावकारी देखिएको सामाजिक अभियन्ता घमचन्द्र दाहालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. प्र.मं.को चिन भ्रमणमा तिब्बतको कृषि अनुसन्धान केन्द्रको अवलोकन गरेको समाचार सुनिएकोले अब फर्किए पछि नेपालको कृषिमा विकासले फड्को मार्ने होला नि !!!

रिलेटेड न्युज