दाङको तुलसीपुरमा युवकमाथि खुकुरी प्रहार

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । दाङको तुलसीपुरमा युवकमाथि खुकुरी प्रहार भएको छ ।

विहीबार राति तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित दुई युवा बिच सामान्य विवादपछि खुकुरी प्रहार भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीका अनुसार खुकुरी प्रहारबाट तुलसीपुर १३ बखरिया निवासी ३४ वर्षीय रणदेब बस्नेत घाईते भएका छन् ।

ADVERTISEMENT

हातमा गहिरो चोट लागेका बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।

खुकुरी प्रहार गर्नेमा तुलसीपुर १० राइखल्यान निवासी २८ वर्षीय राममणी चौधरीलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । पूर्वरिसीबीका कारण खुकुरी प्रहार भएको हुन सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *