सांसद बिनोद चौधरीले शिलान्यास गरेको पुलको काम अलपत्र, ठेकेदार सम्पर्क बिहिन

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी । नवलपरासी निर्वाचन क्षेत्र १ का निर्वाचित प्रतिनिधि सभाका माननीय सांसद बिनोद चौधरीले शिलान्यास गरेको खजुरा पुलको काम अलपत्र भएको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नं ५ र १६ जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको खजुरा पुलको सांसद चौधरीले आफू प्रतिनिधि सभामा निर्वाचित भएपछि शिलान्यास गर्नु भएको हो ।

सांसद चौधरीले ताम झामको साथ खजुरा पुलको शिलान्यास गर्दै अबको केही दिनमा बर्दघाट वडा नं. ५ र वडा न १६ का बासीहरुको खोला तरेर जोखिम उठाने दिन सकिने र अन्य स्थानका बासीहरुलाई पुल निर्माण भएपछि आवातजावतमा सहज हुने भन्दै भाषण गर्दै शिलान्यास गरेको खजुरा पुलको काम लामो समय बित्दा सम्म एउटा कुनै काम नगरेर अलपत्र पारेर ठेकेदार सम्पर्क बिहिन छन् ।

खजुरा पुल निर्माण गर्ने जिम्मेवारी पाएको ठेकेदारले पुलको निर्माणको काम करिब ३ बर्ष बित्दा पनि कामको थालनी नगरेपछि पुलको निर्माण कार्य अहिले अलपत्र परेको हो । पुल निर्माणको काम अलपत्र पारेर पछिल्लो समय ठेकेदार सम्पर्कमा नै नआएर पुल निर्माणको काम अघि नबढेपछि बर्दघाट नगरपालिकाले जिल्ला प्रशासन कार्यालय संग सहजिकरणका लागि सहयोग मागेको छ ।

नगरपालिकाले पत्र नै काटेर ठेकेदार कम्पनिलाई सम्पर्कमा ल्याई आवश्यक छलफलको बातावरण मिलाईदिन भन्दै प्रशासनलाई पत्र काटेको हो । बर्दघाट नगरले निर्माणको जिम्मेवार पाएको ठेकेदारले कामको थालनी नगरेपछि पटक पटक स्थानीयबासीहरुको गुनासो आएपछि पुल बनाउन ताकेता गरेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । उहाँ भन्नुहुन्छ - 'नगरले ठेकेदारलाई निर्माण कार्य अगाडि बढाउन पटक पटक सम्पर्क गरेर काम सुरु गर्नुस भनेर दिनकै ताकेता गर्‍यौं । अहिले त सम्पर्कमा नै आउदैन ।' पछिल्लो समय त झन् सम्पर्कमै आउन छोडेको नगरप्रमुख श्रेष्ठले भनाइ छ ।

ADVERTISEMENT

नगरसंग ठेकेदार सम्पर्कमा नआएपछि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीलाई ठेकेदारलाई सम्पर्कमा ल्याएर के कति कारणले काम सुरु नभएको र ठेकेदार सम्पर्कमा ल्याई सहजिकरण गर्दिन अनुरोध गरेपछि जिल्ला प्रशासन कार्यालयले ठेकेदार र सम्बन्धित व्यक्तिहरुलाई असोज १० गते कार्यलयमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।

शिलान्यास गर्न मरिहत्ते गर्ने सांसदले निर्माण कार्य के कति पुग्यो र कतिको प्रगति भयो भन्ने कुराको जानकारी लिनुपर्ने होईन ? शिलान्यास गरेको लामो समय बित्दा सम्म पनि निर्माण कार्यमा एउटा इट्टा थप्नी काम पनि नभएको र कामको जिम्मेवारी लिएको ठेकेदार नै कामलाई अलपत्र पारेर सम्पर्क बिहिन हुने ठेकेदारलाई सम्पर्कमा ल्याएर कामको थालनीको जिम्मेवारी पनि सांसद चौधरीले लिनुपर्ने स्थानीयहरुको भनाइ छ ।

खजुरा पुलको निर्माण कार्यको जिम्मेवारी श्री मृत संजिवनी निर्माण सेवा प्रालि कलंकि काठमाडौंले २०८० असार ३ गते निर्माण सम्पन्न गर्ने गरी २०७७ पुष २८ गते सम्झौता गरेको थियो । कुल ९ करोड ७७ लाखमा पुल निर्माणको सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?