‘मधेशको माग समावेश नभएसम्म असोज ३ लाई कालो दिनको रुपमा मनाउँछौं’

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । मधेशीलाई उपेक्षित गरी शासक वर्गले आफु अनुकुल हुने गरी जारी गरेको संविधान २०७२ आफुहरुलाई मान्य नभएको लोकतान्त्रिक समाजवादी पार्टी बाराले बुधवार कलैयामा विरोध प्रदर्शन गरेको छ ।

संविधान संशोधन गरी मधेशको माग समावेश नगरिएसम्म नयाँ संविधान २०७२ मधेशीलाई मान्य नहुने भन्दै लोसपाका नेता कार्यकर्ताले कलैयामा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले हातमा कालोपट्टी तथा कालोझण्डा बोकेर विरोध जुलुश निकालेका थिए । देवकीलाल धर्मशालाबाट ब्यानर, कालोझण्डा तथा पार्टीको झण्डा सहित सुरु भएको जुलुश संविधान विरोधी नारावाजी गर्दै नगर परिक्रमा गरेको थियो ।

नगरपरिक्रमा पछि कलैया भरत चोकमा पुगेर जुलुश विरोध सभामा परिणत भएको थियो । लोसपाका बारा जिल्ला अध्यक्ष नवलकिशोर सिंहको सभापतित्वमा भएको विरोध सभालाई सम्बोधन गर्दै जनविरोधी संविधानकै कारण देशमा अस्थिरता उत्पन्न भएको आरोप लगाउनुभयो ।

संविधानमा जनविरोधी व्यवस्था भएकै कारण देशमा अराजकताले प्रशय पाएको र एमाले, कांग्रेस र माओवादीका नेताले मौजमस्ती गरिरहेको उहाँले आरोप लगाउनुभयो ।

ADVERTISEMENT

हतियारको बलमा सरकारले जर्बजस्ती मधेश माथी लादेको संविधान २०७२ जारी भएको दिन असोज ३ लाई मधेशवादी दलहरुले कालो दिनको रुपमा मनाउदै आउनु भएको छ ।

विगत ८ वर्ष देखी संविधानमा भएको त्रुटीलाई सच्याउन माग गरीरहदा पनि तीन ठुला दलले संविधान संशोधन गर्न नचाहेको गुनासो लोसपाका बारा अध्यक्ष नवलकिशोर सिंहले गर्नुभयो ।

‘हामीले निरन्तर दबाब दिईरहेका छौं तर सरकारले कानमा तेल हालेर बसीरहेको छ,’ उहाँले भन्नुभयो, ‘संविधानमा रहेको त्रुटी नसच्याएसम्म संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने कार्य निरन्तर जारी रहन्छ ।’ संविधानको गलत व्याख्या गरेर सरकारले शिक्षा क्षेत्रलाई धराशायी बनाउने काम गरेको उहाँले बताउनुभयो । शिक्षा ऐन सच्याउन शिक्षकहरुले गरेको आन्दोलन प्रति आफुहरुको समर्थन रहेको प्रतिवद्धता समेत उहाँले जनाउनुभयो ।

उक्त अवसरमा लोसपाका नगर अध्यक्ष जयप्रकाश साहले मधेशीलाई अपहेलित गर्ने संविधान आफुहरुलाई मान्य नहुने बताउनुभयो । संविधानमा भएको त्रुटीकै कारण देशको अर्थतन्त्र तहसनहस बनेको र मधेशी समुदाय अधिकार विहिन बनेको उहाँले आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज