दुधे बालकसहित आमा अलपत्र, न्यायको लागि गुहार

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 4 mins

बारा । बारामा दुधे बालकसहित एक आमा सरोकारवाला निकायहरुसँग न्यायको लागि गुहार मागिरहेकी छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडाकी निराकुमारी रामले वेपता पारिएका श्रीमान दिपेश गुप्तालाई खोजतालास गरि दिन माग गरेकी हुन् ।

कक्षा ८ मा पढ्ने क्रममा गाउँकै विन्देशरी साहको २२ वर्षीय छोरा दिपेश गुप्तासँग प्रेम भएको निराले बताइन् । ‘ प्रेममा परेपछि सँगै जिउने मर्ने वाचाका साथ हामीले प्रेम अगाडी बढाउँदै लग्यौ तर समाजमा व्यापत छुवाछुत र जातपातको कुरीतिका कारण हामी दुबै २ वर्ष अगाडी आफनो घरबाट भागी चितवन पुग्यौ । चितवनको नारायणघाटमा एक मन्दिरमा हामीले प्रेम विवाह गरि दाम्पत्य जिवन निर्वाह गरिरहेका थियौँ । हाम्रो दाम्पत्य जीवन सुखमय नै वितिरहेको थियो । तर हामीहरु विरुद्धमा प्रहरीमा उजुरी परेको कारण नारायणघाटबाट पक्राउ गरि प्रहरीले जिल्लामा ल्याएर हामी दुबैलाई अभिभावकको जिम्मा लगाइदिएको थियो ।’

ADVERTISEMENT

पत्रकार सम्मेलनमा बोल्दै मिराले सुनाइन्,‘ हामी घरमा आएपनि केही दिन पछि फेरि भागेर चितवन पुग्यौ । चितवनमा ज्यालादारीको काम गरी आफनो जिवन विताइरहेका थियौ त्यसपछि फेरि प्रहरीले मेरो श्रीमान गुप्तालाई समाएर ल्यायो र मलाई चितवनमै अलपत्र छाडेको थियो । दिपेशलाई फेरि उनको अभिभावकको जिम्मा लगाइयो । त्यसपछि दिपेशलाई उनका परिवारले नै बेपता बनाइदिएका छन् । हाम्रो दाम्पत्य जिवनबाट एउटा छोराको जन्म भएको छ । अहिले म घरको नघाटको भएको छु । कहाँ जाने के गर्ने नत बाबुले स्वीकार गर्न तयार छन नत मेरो श्रीमानको बाबुआमाले नै । म सानो बच्चा लिएर कहाँ जाने । बिहे गरेका श्रीमानलाई खोजी गरिदिन पटक पटक प्रहरीलाई आग्रह गर्दा समेत कुनै सुनुवाई नभएको उनले आरोप लगाइन् ।

श्रीमानले मलाई स्वीकार गर्न तयार रहेको भएपनि आफु दलित भएकै कारणले श्रीमान संग बस्न नदिनका लागि उनलाई बेपता पारेको उनको आरोप छ । श्रीमान दिपेशको घरमा जाँदा उनको घरपरिवारका मान्छेहरुले तिमी दलित जातका छाँै, तिमीलाई कसरी घरमा पस्न दिन्छौ भन्दै गाली ग्लौज समेत गर्ने गरेको उनले जानकारी दिइन् ।

त्यसैले आफू आफ्नो श्रीमानसँग बस्न चाहेको र छोराको शिक्षा दिक्षा स्वास्थ्य उपचार लगायतको जिम्मेवारी समेत श्रीमानले बहन गर्ने कुरामा आफू ढुक्क रहेकोले मलाई अरु केही होइन मेरो श्रीमानलाई खोजेर ल्याइदिन सरोकारवाला निकायहरुसँग उनको माग छ ।
फोटो ः पत्रकार सम्मेलन गरी श्रीमानलाई खोजविन गरेर ल्याइदिन गुहार गर्दै निरा कुमारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज