सर्लाही । देशमा संविधान जारी भइरहेका बेला कतै दीप प्रज्वलन त कतै कालो दिनको रुपमा मनाइरहँदा अहिले भने केहि मत्थर भएको छ ।
तराई मधेसको सदरमुकाममा यस दिन कालो दिवसको रुपमा मनाइरहेको देखिन्थ्यो तर अहिले परिवेस फेरिएको छ । यस दिवस सदरमुकाम केन्द्रत बन्दै गइरहेको छ । संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदै छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो ।
संविधान जारि गरेको त्यसबेलामा सर्लाही सहित तराइ मधेसमा यस दिनलाई कालो दिनको रुपमा मनाउने गरेको भएपनि पछिल्लो दिन हरुमा भने यस दिवस मनाउन थालेको देख्दा खुशी लागेको नागरिक समाज सर्लाहीका महासचिव शिवशंकर चैधरी बताउनुहुन्छ ।
संविधान जारि गरेको बेलामा कालो दिन भनाउने मधेसवादी दलले समेत अहिले धेरै बिरोध गरेको देखिदैन । सर्लाहीमा जसपा नेपाल सर्लाही अध्यक्षय बिरेन्द्र राय आजको न र्हषको रुपमा न बिस्मतको रुमाले जसपाले लिएको बताउनुहुन्छ । आजको दिनमा जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन । सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेशवादी, आदिवासी जनजातिलगायत रुष्ट छन् देखिएको बेला त्यसैलाइ भजाउने दाउमा लोसपा देखिन्छ । आज समेत लोसपाले सदरमुकाम मलङवामा बिरोध र्याली निकालेको छ । उसको आफनो छातीमा गोली चलाएर बनाएको संबिधान जारि भएको दिन कालो दिनकै रुपमा मनाइने बताउनुहुन्छ लोसपाका जिल्ला उपाध्यक्ष मोहम्मद हुसेन खान । सधैभरी मधेस केन्द्रीत दलले यसलाई सत्तामा पुग्ने सिडिको रुपमा लिएको देखिन्छ । आफू सतामा रहँदा यहि संविधान अनुसार काम गर्ने र कार्यान्वयनका लागि पर्ने दल हरुले सरकारबाट बाहिरिएपछि भने कालो दिनको रुपमा भजाउने गरेका छन् ।






