टिकापुर घटनाका तीन जना कैदीबन्दी रिहा, अबिर जात्रासहित भव्य स्वागत

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

धनगढी । टिकापुर घटना मुद्दा खेपिरहेका ३ जना कैदीबन्दी कैलाली कारागारबाट रिहा भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जना रिहा भएका हुन् ।

टिकापुर घटना मुद्दा खेपिरहेका टीकापुर नगरपालिका वडा नम्बर ४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका ७ मोतीपुरका हरिनारायण चौधरी र जानकी ७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिनुभयो । उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए ।

त्यस्तै सोही घटनामा माफी मिनाहा पाएका पोखरास्थित बाल सुधारगृहमा रहेका जानकी गाउँपालिका ७ लट्कनियाका श्रवण चौधरी पनि रिहा हुने भएका छन् ।

ADVERTISEMENT

उनलाई आजै पोखराबाट काठमाडौं र काठमाडौँबाट धनगढी ल्याइने बताइएको छ । रिहा भएकाहरूको कारागारभित्रै अबिर जात्रासहित भव्य स्वागत गरिएको छ । आरोपित हरु रिहा भएको नागरिक उन्मुक्तिका संरक्षण रेशमलाल चौधरीले सवैलाई धन्यवाद दिँदै टिकापुर घटनामा मुद्धा खेपिरहेका ३० जना ब्यक्ति उन्मुक्ति दिनु पर्ने माग राखेका छन् ।

नागरिक उन्मुक्तिका संरक्षण रेशमलाल चौधरीले पहिचानको आन्दोलनमा सहयोग गर्ने सवै लाई धन्यवाद पनि दिनुभएको छ । टिकापुर घटनाले सवै पक्षलाई अपुरणीय क्षती भएको हुँदा राज्यले पाठ सिक्नु पर्ने उहाँले बताउनु यभो । उहाँले संविधानमा सवै जनताले अझै पनि सुनिश्चिता पाउनु पर्ने बताउनु भयो ।

३ जना रिहा भएपछि कैलाली कारागारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहनुभएकी नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ, संघीय सांसद गंगाराम चौधरी, अरुण चौधरीका साथै प्रदेश सरकारका मन्त्री, सांसदलगायतले स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज