गणेशचौथीमा पूजा अर्चनासहित दीप प्रज्वलन गरिँदै

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । भगवान गणेशको पुजा अर्चना गरी भोजपुरमा पनि मंगलवार गणेश चौथी पर्व मनाइएको छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीको नाममा पुजा आराधना सहित मनाउने गरिन्छ ।

भोजपुर सदरमुकाममा रहेको गणेश मन्दिरमा विशेष पूजा सहित बिहान भक्तजनहरुबाट पुजा अर्चना गरिएको छ । गणेशलाई लड्डु चढाएर आफ्नो मनोकामना पूरा हुने विश्वास समेत रहदै आएको छ । आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख गरिएको छ ।

ADVERTISEMENT

हरितालिका तीजको भोलीपल्ट गणेश चौथी मनाउने पराम्परा रहदै आएको र सोही अनुसार भोजपुरको गणेश मन्दिरहरुमा पुजा अर्चना गरिएको स्थानीय बिनम श्रेष्ठको भनाई रहेको
छ ।
गणेश मन्दिरमा बिहान विशेष पूजा कार्यक्रम राखिएको थियो भने बेलुका १०८ दिप प्रज्वलन सहित भजन किर्तनको कार्यक्रम राखिएको छ । सो कार्यक्रममा सवै भक्तजनहरुलाई अह्रवान समेत गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज