काठमाडौं । नेकपा एमालेले आज संविधानसभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठीको गर्दैछ । एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा हालै दिबगंत नेताको सम्झनामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो।
गत शनिबार बसेको पार्टीको कार्यालय बैठकले गोष्ठी गर्ने निर्णय गर्दै सातै प्रदेशमा जिम्मेवारी तोकेको थियो। जसअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
साथै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मधेस प्रदेश, कोशी प्रदेशमा रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेल, कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डेले प्रमुख वक्ताका रूपमा दिबगंत उपाध्यक्ष नेम्वाङले संबिधान निर्माणमा गरेको योगदानका बारेमा चर्चा परिचर्चा गर्नेछन ।
नेम्वाङको अघिल्लो मंगलबार हृदयघातका कारण निधन भएको थियो।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts