माैलिक संस्कृतिको संरक्षण गर्दै कालीकोटमा मनाइयो तीज

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

कालीकोट । नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, विविधतायुक्त भूगोल भएको दक्षिण एशियाको सुन्दर प्राकृतिक छटायुक्त मुलुक हो । नेपालको बिभिन्न क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले आ–आफनो संस्कृति बमोजिमका चाडपर्बहरु मनाउदै आएको ज्वलन्त ईतिहास छ । केही पर्वहरु जाती बिशेषका, केही पर्वहरु समुदाय बिशेषका , केही पर्बहरु लिंग बिशेषका र केही पर्बहरु धर्म बिशेषका लागी प्रचलित छन् ।

लिङ्ग बिशेषका लागी मनाईने बिरलै चाडहरुमध्ये तीज पर्व हिन्दु धर्मका अनुयायी महिलाहरुको बहुप्रचलित चाड हो तर यो आधा आकाशमा ढाकिएको सबै महिला दिदीबहिनीहरुको साझा पर्बका रुपमा आत्मीयता साटासाट गर्नमा सहयोग पुर्‍याउँदै स्थापित भएको पाईन्छ । नेपाल सरकारले पनि महिला दिदीबहिनीहरुका लागी सार्बजनिक बिदा घोषणा गरी नारीहरुलाई उल्लासमय बाताबरणमा तीज मनाउन उत्प्रेरित गरेको छ ।

तर ग्रामीण स्तरमा सहरको जस्तो नभई छुट्टै प्रकारको तीज मनाउने गरिन्छ । त्यस्तै कर्णालीका विकट जिल्लाहरुमा पनि तीजको छुट्टै र विशेष महत्त्व छ । असोज १ गते लाई मात्रै बिशेश रुपमा लिएर मनाउने यो पर्व कालीकोटमा भने यसपालि विगतका भन्दा फरक दृश्य देखिएको छ ।

विगतका वर्षहरूमा माैलिक संस्कृति भन्दा पनि फरक टिपिकल गितहरु बजाएर तीजलाई मनाइन्थ्यो भने यसपालि कालीकोटको सदरमुकाम मान्ममा मोैलिक संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्दै तीज मनाइएको छ ।

ADVERTISEMENT

विगका वर्षमा तीज मनाउने तरिका फरक भएपनि यसपालि भने कालीकोटमा तीजलाई बिशेश रुपमा लिएको पाइएको छ । रातो सारी र गरहनामा सजिएका महिलाहरुले तीजलाई शान्तिपूर्ण तरिकाले बिदाइ गर्न यसपालि सदरमुकाम मान्म लगायत कालीकोटका स्थानीय तहहरुमा तीजको अबसरमा देउडा लगाएर तीजलाई मनाइएको हो ।

संस्कृतिको संरक्षण र प्रबर्द्धनका लागि यहाँका महिलाहरूले तीजलाई देउडा मार्फत स्वागत गरेका हुन् । तीजका नाममा विकृति र विसंगति बढ्दै गएपछि कालीकोट जस्ता ग्रामीण भेगका महिलाहरुले तीजलाई संस्कृतिका रुपमा लिएका हुन् ।

नोैवटा स्थानीय तह रहेको कालीकोटमा गाउँका महिलाहरुले हरुले गाउँमै र सदरमुकामका महिलाहरूले सदरमुकाम मान्ममै तीज मनाएका छन् । सदरमुकाम मान्ममा भने विगतको भन्दा महिलाहरुको कम सहभागीता रहेको पाइएपनि तीज शान्त र मर्यादित तरिकाले मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज