जुम्ला । जुम्लाका एक नगरपालिका सहित सात गाँउपालिकामध्ये सिंजा गाउँपालिका आर्थिक वर्ष २०७९।८० मा स्वास्थ्य सेवा प्रवाह,स्वास्थ्य कार्यक्रमहरु सम्पादन तथा व्यवस्थापनमा प्रथम अर्थात् उत्कृष्ट भएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले आ.व.२०७९।८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक प्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा आईतबार यहाँका स्थानीय तहमध्ये सिंजा गाउँपालिका स्वास्थ्य क्षेत्रमा प्रथम भएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।
गत आ.व.मा आ–आफ्नो पालिकामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरणमध्ये सिंजा जिल्लाकै उत्कृष्ट भएको छ । कार्यालय प्रमुख सोपकोटाले भन्नुभयो,“ सिंजाले कुल १०० प्राप्ताङ्कको ७९.१ प्रतिशत अंक ल्याएर प्रथम भएको हो । दोस्रोमा चन्दननाथ नगरपालिकाले ७८ प्रतिशत,तेस्रोमा हिमाले ६४.८ प्रतिशत ल्याउको कार्यालय प्रमुख सापकोटाको भनाइ छ । त्यस्तै क्रमश, कनकासुन्दरीले ६१.५प्रतिशत,तातोपानीले ५९.२ प्रतिशत,पातारासीले ५८.९ प्रतिशत,तिलाले ५७.५ प्रतिशतर गुठिचौरले ५५.२ प्रतिशत अंक ल्याएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।
३२ सुचक मध्ये मुख्य सुचकको रुपमा रहेको खोप ,आमा सुरक्षा ,परिबार नियोजन ,पोषण , रोग नियन्त्रण ,नब शिशु क्षेत्रमा सिंजाले उत्कृष्ट काम गर्दै सिंजा प्रथम भएकोमा अगामी दिनमा समेत पालिकाको स्वास्थ्य क्षेत्रलाई नमुना बनाउन थप हौसला बढेको सिंजा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रलाई आम नागरिकसम्म जोड्नका लागि सेवा विस्तार गरेकाे र बर्थिङ सेन्टरको सेवालाई थप विस्तार समेत गरिएको सिंजा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजालाई जिल्लाकै स्वास्थ्य सेवामा उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापुर्वक जिम्मेवारी पुरा गर्ने पालिका भित्रका स्वास्थ्यकर्मी तथा जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरुलाई विशेष धन्यवाद दिनु भयाे। स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएकोले आगामी दिनमा सिंजालाई कर्णाली प्रदेशकै नमुना स्वास्थ्य पालिकको रुपमा घोषणा गर्ने आफु लागि परेको अध्यक्ष धितालको भनाइ छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts