विद्यार्थीलाई पोशाक सहयोग

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । लामो समयदेखि हुम्लामा शिक्षा क्षेत्रमा काम गर्दै आएको आधार विकास नेपाल संस्थाले सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको श्री बलभद्र आधारभूत विद्यालयका शिक्षक विद्यार्थीलाई स्कुल पोशाक र झोला सहयोग गरेको छ ।

आधार विकास संस्थाले विद्यालयमा अध्ययनरत १६३ विद्यार्थीलाई विद्यालय पोशाक र झोला सहयोग गरेको भने ४ जना शिक्षकलाई पोशाक सहयोग गरेको सोही संस्थाका हुम्ला संयोजक कन्जोक लामाले बताउनुभयो । आइतबार विद्यालयमै पुगेरविद्यालयमा अध्ययरत विद्यार्थीहरूको सहजताका लागि विद्यालयलाई पोशाक हस्तारण गरेको संयोजक लामाले बताउनुभयो । भौगोलिक विकटताका कारण पठनपाठनमा समस्या हुँदै आउनुका साथै विद्यार्थीहरुलाई अध्ययन गर्न सजिलो होस् भनेर पोशाक सहयोग गरिएको उहाँले बताउनुभयो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोमा चिसोबाट जोगिन सहयोग पुगोस् भन्ने उद्देश्यले पनि सहयोग स्वरूप उक्त पोशाक सहयोग गरिएको हो ।

ADVERTISEMENT

आधार विकास नेपाल संस्थाले हुम्लाको सिमकोट र नाम्खा गाउँपालिकामा शिक्ष क्षेत्रमा काम गर्दै आएको छ । उक्त संस्थाले सोही विद्यालयमा तीन जना कर्मचारी समेत नियुक्ती गरेको छ । यस विद्यालयमा शिक्षकको अभाव हुँदै आएपछि दुई जना शिक्षक र एक जना कार्यालय सहयोगी कर्मचारी आधार विकासले सोही विद्यालयमा खटाउँदै आएको छ । अहिले श्री बलभद्र आधारभूत विद्यालयमा १६३ जना विद्यार्थी छन् भने ८ जना शिक्षक कार्यरत रहेका छन् ।

आधार विकास नेपाल संस्थाले शिक्षा,स्वास्थ्य क्षेत्रमा काम गर्नुका साथै विभिन्न समयमा उक्त क्षेत्रमा भएका समस्यालाई समाधान तथा सहयोग गर्दै आएको छ । स्टेशनरी, शैक्षिक सामाग्री देखि निजी शिक्षक खटाउनुका साथै भवन समेत लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज