चिकित्सक कुट्नेलाई कार्बाहीको माग गर्दै धादिङमा कालोपट्टी बाँधेर विरोध

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । डियुटीमा खाटिएका चिकित्सक माथी कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै जिल्ला अस्पताल धादिङका चिकित्सकले कालोपट्टी बाँधेर विरोध सभा गरेका छन्।

हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरद्वय सन्तोष थापा र प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै कालोपट्टी बाँधेर एक घन्टा ओपिडी बन्द गरी दोषीलाई कारबाहीको माग गरिएको हो।

चिकित्सकमाथि हातपात गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्ने धादिङ अस्पतालका डाक्टर रुद्रमणि भण्डारीले बताउनु भयो । कानुन छ, नेपाल मेडिकल काउन्सिल छ । दोषीलाई कारबाही गर्न हाम्रो ऐक्यबद्धता हो,’ उहाँले भन्नुभयो, ‘हातमा कालोपट्टी बाँधेरै सेवा दिइरहेका छौँ।’

ADVERTISEMENT

सन्चो अस्पतालमा कार्यरत डाक्टरहरू सन्तोष थापा र प्रशान्त बिडारीको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै आफन्तले भदौ २७ गते बुधबार कुटपिट गरेका थिए।

अस्पतालको सेवा बन्द हुँदा सेवाग्राहीलाई असर पर्न गएको थियो । ‘कुटपिटको घटनापछि चिकित्सकले असुरक्षित महसुस गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज