काठमाडौं । चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिवेशनले टीकाराम रखाल मगर (रोजन) को अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ । आगामी दुई वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा दीपक तामाङ लामा, प्रथम उपाध्यक्षमा हरिश सिग्देल (आर्यन), द्वितीय उपाध्यक्षमा दिनेश राउत, महासचिवमा समीर मिया, उपमहासचिवमा तेजबहादुर गिरी, सचिवमा नीरबहादुर दर्लामी मगर (जय), कोषाध्यक्षमा जीवनकुमारी भोलन (रोशनी), सहकोषाध्यक्षमा संगीत सागर बुर्जा निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा मायादेवी सिङ्तान, विश्वास भण्डारी, उद्धव बस्नेत, जानुका राई, शान्तिकुमारी डिमडुङ, राखिन्द्रकुमार थिङ, ध्रुव चौलागाईं र सुभाष गोतामे निर्विरोध निर्वाचित हुनुभएको छ ।
चलचित्र पत्रकार विष्णुप्रसाद सुवेदी प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन कमिटीमा गीतकार डब्बु क्षेत्री र अधिवक्ता कुलविक्रम रायमाझी निर्वाचन अधिकृत रहनुभएको थियो । कमिटीले नव–निर्वाचित पदाधीकारीलाई विजयीको प्रमाण पत्र प्रदान गरेको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार माधवराज खरेललाई सम्मान गरिनुका साथै सञ्चारकर्मी गीता अधिकारी, सञ्चारकर्मी कमला जोशी, गायिका सरिता भारती, छायांकार राजन खरेल र फोटोग्राफर बद्री थापालाई कदर पत्र प्रदान गरिएको थियो ।
संस्थाका मानार्थ सदस्यहरू गीतकार दयाराम पाण्डेय, संगीतकार शंकर थापा ‘स्माइल’, पत्रकार कुबेर गिरी, सौन्दर्यकर्मी गीता पौडेलसमेत उपस्थिती रहेको कार्यक्रममा आजिवन सदस्यहरू विमला भुजेल, गोविन्दबहादुर ब्लोन, मीना पाख्रिन, सुमन राई, सुना लामा र तुलसा राईलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts