काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता भएको छ । साहविरुद्ध जिल्ला अदालत रौतहटमा सन्जिवकुमार यादवले भदौ २५ गते मुद्दा दर्ता गराउनुभएको हो ।
यादव जनता समाजवादी पार्टी, नेपालका जिल्ला नेता हुनुहुन्छ ।
उहाँले साहको निर्देशनमा उहाँका कार्यकर्ताले आफूमाथि हातपातगरी राजनीतिक चरित्र हत्या गरेको दाबी गर्नुभएको छ ।
उहाँले साहसहितका प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम सजाय एवं जरिवानासमेत गराउन माग गर्नुभएको छ । उहाँले साहसहित अन्य केहीलाई प्रतिवादीसमेत बनाउनुभएको छ ।
पछिल्लो समय जसपा अध्यक्ष उपेन्द्र यादव र आजपा अध्यक्ष साहबीच तिक्कता बढेको छ । दुवैका गतिविधि एक-अर्काविरुद्ध लक्षित हुने गरेका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts