सुवास नेम्वाङको दृढताका कारण संविधान सभाबाट संविधान बन्योः महामन्त्री थापा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधान सभाबाट संविधान बनेको बताउनुभएको छ ।

मंगलवार दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले संविधान सभा अध्यक्ष नेम्वाङको संविधान बनाउने दृढताको कारण नै संविधान सभाबाट संविधान बन्न सकेको बताउनुभएको हो । उहाँले नेम्वाङले त्यस बेलाको वाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको बताउनु भयो । नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले ०६२÷०६३ को आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरुसँग सम्वाद गरेर काम गरेको र उहाँ साझा व्यक्तिको रुपमा स्थापित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘०६२/०६३ को आन्दोलन पछाडी जतिखेर यस्तो पात्र चाहिएको थियो, जुन पात्रले आन्दोलनको मर्मपनि बुझ्न सक्छ । तर जुन पात्रले फेरी त्यो बेलाको नेपाली राजनीतिको सबभन्दा महत्वपूर्ण राजनीतिक दल र तिनको नेतृत्वहरुको बिचमा अक्रश द पार्टी संवाद पनि गर्नसक्छ । समन्वयपनि गर्नसक्छ । जुन पात्र सबैलाई आफ्नो जस्तोपनि लाग्छ । साझा पात्र । एउटा त्यस्तो पात्रको आवश्यकता थियो । सुवास नेम्वाङमात्र एउटा फिट पात्र हुनुहुन्थ्यो जसले त्यो भुमिका बडो सहजताका साथ कुशलतापूर्वक निर्वाह गर्नुभयो । संविधान सभाबाट संविधान निर्माण गर्ने अन्तिम क्षणमा संविधान सभाको यस्तो नेता चाहिएको थियो जो दृढ संकल्प भएको । यो पटक संविधान बनाएरै छाड्ने हो । त्यो बेलाको जुन वाह्य दबाब थियो त्यो दबाबलाई थेग्न सक्ने । चिर्नसक्ने चाहिएको बेलामा दृढतापूर्वक उभिनसक्ने त्यो स्वभाव पनि सुवास नेम्वाङसँग रहेछ जुन त्यतिखेर उहाँले प्रकट गर्नुभयो । समन्वयकारी क्षमता भएको तर चाहिएको बेलामा दृढ हुन नसक्ने भएको भए सायद त्यतिखेर संविधान सभाले संविधान बनाउन सक्दैन थियो होला ।’

ADVERTISEMENT

महामन्त्री थापाले नेम्वाङले आफूलाई संसदमा कमी, कमजोरी हटाउन सिकाउने गरेको पनि बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?