काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।
मंगलबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर अध्यक्ष नेपालले स्व. नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उपाध्यक्ष नेम्वाङको निधनको खबर पाएसँगै विभिन्न पार्टीका नेता तथा कार्यकर्ता अस्पताल पुगेका थिए ।
हृदयघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइए पनि लैजाने बित्तिकै नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts