धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० जवाङखोलामा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
कुरिनटारबाट काठमडौं तर्फ जाँदै गरेको बा १६ च ४७२० नं को कार आफै अनियन्त्रित भई जवाङखोला पुलमा कार दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ ।
घाइते हुनेमा कार चालक धादिङको सिद्वलेख गाउँपालिका २ का २१ बर्षीय अविलेख सिलवाल, काठमाडौं बुढानिलकण्ठ नपा ८ बस्ने २१ बर्षीय आयुष त्रिपाठि र सोही स्थानका २८ बर्षीय अनुष त्रिपाठि रहनुभएको छ । घाइते तीन जनाको मलेखु टिचिङ अस्पताल उपचार भैरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts