धादिङ । धादिङको ज्वालामुखी गाउपालिका वडा नं १ स्थित बुढीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।
उक्त शव गोरखा जिल्ला गण्डकी गाउँपालिका–३ बस्ने बर्ष ४८ को युवराज रेग्मी रहेको धादिङ प्रहरीले जनाएको छ।
नदी किनारमा शव फेला परेको सूचना पाउनासाथ प्रहरी चौकी मैदिबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरिक्षकको टोली पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङको अनुसार हाल शब परीक्षणको लगि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता