कञ्चनपुर । कञ्चनपुरमा लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।
संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बेलौरी नगरपालिका १० बस्ने २६ वर्षीय हिक्मत हमाललाई ४७ दशमल ८५ ग्राम खैरो हेरोईनसहित पक्राउ गरेको हो ।
हमाललाई प्रहरी नायब निरीक्षक प्रकाश कठायत नेतृत्वको टोलीले भारतबाट लागूऔषध ल्याइरहेको अवस्थामा बेलौरी नगरपालिका-९ को कलकत्ताबाट पक्राउ गरेको संघीय प्रहरी इकाई महेन्द्रनगरले जनाएको छ ।
उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts