प्रदर्शन नरोकिएपछि मलंगवामा निषेधाज्ञाकाे तयारी 

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार निषेधाज्ञाको तयारी गरेको छ ।

निषेधाज्ञा शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ८ बजेसम्म रहने छ ।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो । लगत्तै प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर गर्दै भीड तितरवितर पारेको थियो ।

अबेर राति अवस्था सामान्य बनेपनि शनिबार बिहानैबाट सदरमुकाम मलंगवामा टायर बालेर प्रदर्शन र ढुंगामुढा हुनथालेपछि स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो ।

ADVERTISEMENT

तर पनि प्रदर्शन र ढुंगामुढा नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञाको तयारी गरिरहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभाये । उहाँका अनुसार निषेधाज्ञा शनिबार दिउँसो ४ बजेबाट आइतबार बिहान ८ बजेसम्म रहने छ । प्रहरी उपरीक्षक सुवेदीले भन्नुभयाे, ’राति झडप हुन सक्छ । त्यसैले हामीले सुरक्षा संवेदनशीलता हेरेर निषेधाज्ञा लगाउन लागेका हौं ।’

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जनाउँदै प्रहरी उपरीक्षक सुवेदी आफैं पनि सुरक्षामा तैनाथ रहेको जानकारी दिनुभयो । कुनै अप्रिय घटना हुन नदिन प्रहरी संख्या बढाइएको छ ।

प्रदर्शन र ढुंगामुढाका कारण मलंगवाका पसल तथा बजार बन्द छ । बिहानैदेखि मलंगवाबाट चल्ने साना तथा लामो दुरीका यातायातका साधन चल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज