सिंजा गाउँपालिकामा खस पात्रो लागु

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । नेपाली खस भाषाको जन्म थलोको रुपमा रहेको जुम्लाको सिंजा गाउँपालिकाले पालिकाभित्र जुम्लेली खस भाषाको पात्रो लागु गरेको छ । गाउँपालिकाको ऐतिहासिक धार्मिकस्थल केदार महोत्सवमा कर्णाली प्रदेश सरकारका उपसभामुख यशोदा न्यौपानेबाट खस पात्रो सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

खस भाषालाई संरक्षण गर्ने र प्रवर्द्धनका लागि खस भाषाको पात्रो पालिकामा लागु भई संचालनमा आएको छ । गाउँपालिकाले सार्वजनिक गरेको खस पात्रोमा राष्ट्रिय क्यालेण्डरलाई प्रवर्द्धन गर्ने उद्देश्यले खस भाषामा महिनाहरु समेत उल्लेख गरिएको छ ।

गाउँपालिका अध्यक्ष धितालले भन्नुभयो,-“खस पात्रोमा खस संस्कृति झल्किने कार्यक्रम देउडा, हुड्के नाच, खस पहिरन, यहाँका मार्सी धानखेतीसहित वालिहरु, पुरातात्विक संरचनाहरु, ऐतिहासिक सिंजा उपत्यका, केदारनाथ क्षेत्रसहित विभिन्न स्थानहरु दस्तावेजीकरण गरिएको छ । ”

ADVERTISEMENT

सोही पात्रोमा खस भाषा अनुसार महत्वपूर्ण तिथिमिति र दिवशहरु पनि उल्लेख गरिएको गाउँपालिका उपाध्यक्ष सीतली रोकायाले जानकारी दिनुभयो । कक्ष १ देखी ३ सम्म खस भाषाबाट पढाई हुने गरेको छ ।

४ देखी ८ कक्षसम्म खस भाषाको पाठ्यक्रम तयार भइसकेको छ । आउने वर्षको शैक्षिक सत्रबाट पढाई गरिने सिंजा गाउँपालिका शिक्षा शाखाका प्रमुख शंकर धितालले बताउनुभयो । जिल्लाको तातोपानी गाउँपालिकाले पनि खस भाषाबाट पढाईको नीति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज