बेपत्ता वृद्ध मृत फेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-सरोज निरौला

उदयपुर । भदौ १० गते दिउँसो देखि घर परिवारको सम्पर्क भन्दा बाहिर रहेका उदयपुरको ताप्ली गाउँपालिका-४ थुम्की खानिडाँडाका ७२ वर्षीय मणिराज राई मृत भेटिएका हुन् ।

उनको मृत शरीर खानी डाँडा नजिकै थुम्की भीरमुनि भेटिएको प्रहरीले जनाएको छ। उनी खानी डाँडाबाट थुम्की आउने क्रममा सो बीचमा पर्ने भीरबाट लडेर मृत्यु भएको अनुमान गरिएको छ ।

ADVERTISEMENT

उनको खोजी गर्ने क्रममा उनको मृत शरीर भीरमुनि भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाँलले बताउनुभयाे । भीरबाट लडेर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

घट्नाबारे जानकारी पाउनासाथ प्रहरी चौकी रुपाटारबाट खटेको टोलीले घटनास्थल सुरक्षित राखेको छ । थप अनुसन्धान पुरा गर्नका लागि इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षकसहितको टोली गएर घटनास्थलको सर्जमिन मुचुल्का गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज