गुल्मी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले संघीय निजामती सेवा ऐन छिटो जारी गर्न जरुरी रहेको बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी युनियनको ३४ औं स्थापना दिवसको अवसरमा मंगलबार तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा सरकारी सेवा प्रवाहमा प्रभाव परेको भन्दै सो कुरा बताउनुभएको हो ।
उपसभापति श्रेष्ठले देश संघीयतामा गएको लामो समय भैसक्दा पनि संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा सरकारी सेवा प्रवाहमा प्रभावकारीता हुन नसक्ने भन्दै संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्नुपर्ने बताउनुभयो ।
देश संघीयतामा गईसकेपछि पनि नेपाली जनताले परिकल्पना गरे अनुसार अगाडी बढ्न नसकेको भन्दै सबै राजनीतिक दलहरुले कसैले कसैलाई दोष नलगाएर देशकाप्रति इमानदार र कर्तव्यनिष्ठ बन्न जरुरी रहेको बताउनुभयो ।
देशमा देखिएका सबै समस्याहरुको समाधान गर्न सबैसँग सहकार्य अगाडी बढाउन जरुरी रहेको बताउनुभयो । देशका लागि गठबन्धन आवश्यक छ । यहाँ देखिएका समस्या समाधान गर्न वर्तमान गठबन्धनको विकल्प नरहेको भन्दै उहाँले नेपाली काँग्रेस सधै ट्रेड युनियनको पक्षमा रहेको बताउनुभयो ।
त्यसअवसरमा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले निजामती कर्मचारीले सधै सकारात्मक, रचनात्मक र सिर्जनात्मक काम गर्नुपर्ने भन्दै सबै एकताबद्ध भएर शान्ति, सुव्यवस्था र विपद् व्यवस्थापनसहित नागरिकको सेवा प्रवाह कसरी सहज बनाउन लाग्नुपर्ने बताउनुभयो ।
त्यस्तै, स्थापना दिवसको अवसरमा कर्मचारी शैक्षिक पुरस्कार वितरण, सेवा निवृत्त कर्मचारीलाई सम्मान, बढुवा भएका कर्मचारीलाई सम्मान र पाँच लाख रुपियाँको राष्ट्रसेवक कर्मचारी अक्षयकोष स्थापना गरिएको नेपाल निजामति कर्मचारी युनियन गुल्मीका अध्यक्ष मेघलाल पाण्डेले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts